सुर्खेत । कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएका छिरिङ्ग डम्डोल लामा (कार्चेन) को नियुक्ति बदर गर्न माग गर्दै रिट परेको छ ।
फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्ति कुनै पनि सार्वजनिक पदको लागि अयोग्य रहने कानुनी व्यवस्थालाई कुल्चिएर मन्त्री बनाइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयकी कानून विद्यार्थी विनिता वोगटीले उच्च अदालत सुर्खेतमा रिट दायर गर्नुभएको हो ।
रिटमा प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश सरकार र मन्त्री लामालाई विपक्षी बनाइएको छ ।
नेकपा (माओवादी केन्द्र) हुम्लाका नेता कार्चेनलाई ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको अभियोगमा अदालतले २०५१ मंसिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
रिटमा संविधानको बर्खिलाप हुने गरी कार्चेनलाई मन्त्री बनाइएको जिकिर गरिएको छ । साथै रिटमा मन्त्रिमण्डललाई समावेशी बनाउनुपर्ने माग समेत गरिएको छ ।
खबर बजार । २ फाल्गुन २०७८, सोमबार १७:४३