
दैलेख । नेपाल सरकार र चीन सरकारवीच भएको सम्झौता अनुसार दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्यको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।
नेपाल सरकालाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा दैलेखको जलजलेमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्याँस हुन सक्ने भनिएको छ ।
चारवटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्नेगरी ग्याँस हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जानकारी दिनुभयो ।
ड्रिलिङ पछि सङ्कलन गरिएका नमूनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो ।
दैलेखकै अन्य तीन स्थानमा मिथेन ग्याँसको भण्डारण भएको पनि प्रतिवेदनमा उल्लेख छ । चारवटा भण्डारणबाट ग्याँस प्रशोधन गर्न सकेको खण्डमा नेपाललाई ५० बर्षसम्म पुग्ने प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।
दैलेखका बिभिन्न चारवटा स्थानमा करिब ४ सय ३० अर्ब घन मिटर मिथेन ग्याँस हुनसक्ने प्रारम्भिक प्रतिवेदनले देखाएको मन्त्रालयले जानाएको छ । अब दैलेखसँगै दाङ, पाल्पा र सुनसरीमा पनि परीक्षण गर्ने कार्यलाई मन्त्रालयले विशेष रूपमा अगाडी बढाउने तयारी गरेको छ ।
चीनको जिओलोजिकल सर्वे कम्पनीले २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । रिपोर्ट सम्पन्न पश्चात् डिसेम्बर भित्र व्यावसायिक उत्पादन परीक्षण सम्पन्न गर्नेगरी सरकारले तयारी थालेको छ ।
प्रधानमन्त्री के।पी।शर्मा ओलिले तत्कालिन समयमा प्रधानमन्त्री हुँदा सन् २०१९ मा चीनसँग दैलेखको पेट्रोलियम अन्वेषणका लागि जिटुजी सम्झौता भएसँगै सुरु गरिएको कार्य निश्कर्षमा पुग्ने तयारीमा छ ।

खबर बजार । ५ असार २०८२, बिहीबार ०९:४४