आचारसंहिता उल्लङ्घन गरेको भन्दै रास्वपा उम्मेदवार जगदीश खरेलसँग स्पष्टीकरण माग, तीन दिने अल्टिमेटम  

काठमाडाैँ । निर्वाचन आयाेगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका जगदीश खरेललाई स्पष्टीकरण साेधेकाे छ ।

बिहीबार आयाेगले दाेलखाबाट उम्मेदवार बनेका खरेललाई स्पष्टीकरण साधेकाे हाे ।

निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरिएकाे भन्दै खरेललाई तीन दिन भित्र पेस गर्ने गरी स्पष्टीकरण साेधिएकाे कानुन अधिकृत माेहनराज जाेशीले बताउनुभयो ।

‘उल्लिखित सन्दर्भमा यहाँले आचारसंहिताका खण्डहरुको व्यवस्थाको प्रतिकूल हुने गरी दलको झण्डाको प्रयोग र आचारसंहिताले तोकेको २५ (पच्चीस) जनाभन्दा बढीको जुलुस लिएर मनोनयन गरेको हो वा होइन ? यदि तपाईले माथि उल्लेख भएजस्तो कार्य गर्नु भएको हो भने तपाईंलाई किन निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित निर्वाचन कानून वमोजिम कारबाही गर्नु नपर्ने हो ? यस पत्र प्राप्त भएको ३ (तीन) दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्णयानुसार अनुरोध छ,’स्पष्टीकरण पत्रमा भनिएकाे छ ।