

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सत्ता गठबन्धन जोगाउन अन्तिम सम्म कोसिस जारी राख्ने भएको छ ।
माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको हो ।

यद्यपी, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) बारे पार्टीको पूर्ववत सैद्धान्तिक धारणा कायमै राख्ने निर्णय भएको छ ।
पूर्ववत धारणा कायमै राखेर गठबन्धन जोगाउन कोसिस गर्ने निर्णय भएको नेता हरिबोल गजुरेलले बताउनुभयो । गजुरेलले यथास्थितिमा पारित गर्न नसकिने र आफूहरुले विपक्षमा मत हाल्ने बताउनुभएको छ ।

खबर बजार । १३ फाल्गुन २०७८, शुक्रबार १३:१६