लिखित धारणा माग्दै एमालेले गर्‍यो संसद अवरुद्ध

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले कर्णाली प्रदेशसभाको आजको बैठक अवरोध गरेको छ । गत माघ १८ गतेको सात बुँदे सहमतिप्रति सरकारको लिखित धारणा माग गर्दै सदन अवरुद्ध गरेको हो ।

विभिन्न बैठकमा सरकारको ध्यानाकर्षण गराइएको तर सरकारले उक्त सहमति कार्यान्वयनका बारेमा संसद सचिवालयमा केही पनि जानकारी नगराएकोले बैठक अवरुद्ध गर्नुपरेको एमाले संसदीय दलका नेता यामलाल कंडेलले बताउनुभयो ।

एमालेले यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत यस विषयमा कुरो उठाएको थियो । उहाँले आफूखुसी रकम थपेर योजना बनाउने कुराप्रति विरोध जनाउनुभयो ।

सहमतिको सात नम्बर बुँदामा प्रदेश सभामा व्यक्त प्रतिबद्धताको कार्यान्वयनको आवश्यक निर्णय र कार्ययोजना प्रदेश सभालाई जानकारी गराउने भनेर उल्लेख गिरएकाे भए पनि त्यसलाई सरकारले वास्ता गरेको छैन ।

सरकारले के गरेको छ त्यसको जानकारी, कार्ययोजना सदनमा उपलब्ध नहुँदासम्म विश्वास गर्न सक्ने अवस्था नरहेको एमालेले जनाएको छ । सहमति भएका प्रतिबद्धताको लिखित जवाफ नआएसम्म अवरोध जारी राख्ने एमालेले जनाएको छ ।

माघ १८ को सहमति पढ्नुहोस्ः 

एमालेले रोक्यो ‘टुक्रे योजना’, प्रदेश सरकारले १५ लाखभन्दा कम बजेटका योजना कार्यान्वयन नगर्ने (निर्णय सहित)