निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित हुनुभएको छ ।

अध्यक्षका लागि सिंहसँगै निकोलस पाण्डे र हुमनाथ कोइराला पनि प्रतिष्पर्धी रहेकोमा ७ सय ६५ मत ल्याएर सिंह अध्यक्षमा निर्वाचित हुनुभएको हो । सिंहले ७ सय ६५ मत पाउदा पाण्डेले ३ सय ३७ र कोइरालाले ३२ मत मात्रै प्राप्त गर्नुभयो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा ५ सय ६३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा प्रकाश बहादुर सेठी नर्विरिोध चयन हुनुभएको छ ।

यसैगरी महासचविमा रोशन दाहाल ७ सय १९ मत ल्याएर विजयी हुनुभएको छ ।