राष्ट्रिय सम्मेलनलाई महाधिवेशनको रुप दिने माओवादी केन्द्रको निर्णय

सम्मेलनअघि केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनको रुप दिने निर्णय गरेको छ ।

शनिबार बसेको स्थायी समिति बैठकले आइतवारदेखि शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता कृष्णवहादुर महराले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेको बताउनुभएको छ । सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउसो १ बजेदेखि हुनेछ ।

सम्मेलनअघि केन्द्रीय समिति बैठकः

आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता महराले जानकारी दिनुभयो ।