

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा ६ वटा पार्टीको गठबन्धन बनाएर निर्वाचन लड्न सत्ता गठबन्धनलाई चुनौती दिनुभएको छ ।
एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो चुनौती दिनुभएको हो ।
महासचिव पोखरेलले अहिले सत्ता गठबन्धनले चुनाबसम्मै मिलेर जाने र एमालेलाई देखाइदिने बताउँदै आएको भन्दै एमालेसँग चुनाव लड्न पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु पनि पार्टी थपेर मिलेर आउन चुनौति दिनुभयो । एमाले निर्वाचनमा एक्लै सामना गर्नको लागि तयार भएको भन्दै देशभर एमालेको पक्षमा उर्लिएको जनलहर आएको बताउनुभयो ।
उहाँले एमालेलाई रोक्नका लागि अघि बढेका पुष्पकमल दाहाल र माधव नेपालको अवरोध चिर्दै एमालेलाई सानदार बिजयी बनाउने शक्ति तयार भइसकेको घोषणा पनि गर्नुभयो । महासचिव पोखरेलले निर्वाचनपछि परमादेशको शक्ति ढल्ने ठोकुवा पनि गर्नुभयो ।

खबर बजार । ५ चैत्र २०७८, शनिबार १८:३३