महिला उम्मेदवार स् बाध्यात्मक पदमा ४० प्रतिशत, अरुमा ३

काठमाडौं । स्थानीय तहको उम्मेद्‍वारमा प्रमुख र उपप्रमुख पदमा महिलालाई करिव ४० प्रतिशतको हाराहारीमा उम्मेद्‍वारी दिएका दलहरुले वडाध्यक्षमा भने निकै नगन्य मात्रामा प्राथमिकता दिएका छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार, प्रमुख १० राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा कम्तिमा पनि ३६ प्रतिशत उम्मेद्‍वारी दिएका छन् ।

तिनै दलहरुले वडामा दिएको उम्मेद्‍वारी अधिकृतम ७ प्रतिशत मात्रै छ ।

कानूनी रुपमा बाध्यात्मक नभएका ठाउँमा दलहरुले पुरुष उम्मेद्‍वारहरुलाई नै ज्यादा महत्व दिएको देखिन्छ । प्रमुख र उपप्रमुख पदमा औसत ४० प्रतिशत महिला उम्मेद्‍वारी दर्ता गराएका दलहरुले वडाध्यक्ष पदमा औसत ३ प्रतिशत मात्रै उम्मेद्‍वारी दर्ता गराएका छन् ।

एमालेले स्थानीय तहको प्रमुख (नगरप्रमुख र गाउँपालिका अध्यक्ष) र उपप्रमुख ९उपमेयर र गाउँपालिका उपाध्यक्ष० गरी कुल १ हजार ४६६ पदमा उम्मेद्‍वारी दिएको छ । तीमध्ये ७ सय २४ जना महिला हुन् । यसरी हेर्दा प्रमुख पदमा कुल उम्मेद्‍वारीमध्ये ४९ प्रतिशत महिला उम्मेद्‍वारी परेको देखिन्छ ।

प्रमुखमा ५५ जना महिलालाई मात्र उठाएको एमालेले उपप्रमुखमा भने ६६९ जनालाई उम्मेद्‍वार बनाएको छ ।

एमालेले प्रमुख र उपप्रमुखको अनुपात वडाध्यक्षको उम्मेद्‍वारी दिंदा कायम राखेको छैन । ६ हजार ४९५ वडाध्यक्ष पदमा उम्मेद्‍वारी दिएको एमालेले ११९ सिटमा मात्रै महिलाको उम्मेद्‍वारी दिएको छ । यो कुल उम्मेद्‍वारीको करिव २ प्रतिशतमात्रै हो ।