कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई संसदबाट विश्वासको मत प्राप्त

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनुभएको छ ।
शुक्रबारको प्रदेशसभामा मुख्यमन्त्री शर्माले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
मुख्यमन्त्री शर्माले नेकपा माओवादी केन्द्रसहित नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र स्वतन्त्र सांसदको गरी २५ मत प्राप्त गर्नुभएको हो ।
उहाको विपक्षमा १४ मत परेको छ । कांग्रेसले केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि प्रदेशमा भने मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएन् । ४० सदस्यीय प्रदेशसभामा शुक्रबार ३९ सांसद मतदानमा सहभागी भएका थिए । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा गत पुष २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
माओवादी, नेकपा एमाले, राप्रपा र समाजवादीका २५ सांसदको समर्थनमा शर्मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
यसैबिच, विश्वासको मत पाइसकेपछि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रीहरुको टुंगो छिट्टै लगाउने बताउनुभएको छ ।
शुक्रबार प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाले यस्तो बताउनुभएको हो ।
त्यस्तै, विभिन्न सेक्टरहरुसँग छलफल, बहस गरेर निति नियमको प्रक्रिया थालनी गरिने शर्माको भनाइ छ ।