प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्मलाई स्थगित

काठमाडौं । पुस २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ।

संघीय संसद सचिवालयले तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले बैठक माघ ३ गतेसम्म सारिएको बताएको छ।

यसअघि पुस १८ मा तोकिएको बैठक माओवादी केन्द्रको महाविधेशनका कारण सारिएको थियो ।

त्यसपछि २३ गते तोकिएको बैठक पनि एमालेको जिल्ला अधिवेशनका कारण भन्दै स्थगित गरिएको थियो ।