काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकर्तफका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।निर्वाचन आयोगको कार्यतालिका अनुसार हिजो र आज दुई दिन गरी बन्दसूची पेस गर्ने म्याद तोकिएको थियो । आज कांग्रेस, एमाले, माओवादी, नेकपा एस, जसपालगायतका दलहरूले बन्दसूची बुझाउने तयारी गरेका छन् ।हिजो पहिलो दिन प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेको समानुपातिकतर्फका निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभामा समानुपातिकतर्फ प्रदेश १ मा किरात खब्बुवान साझा पार्टी, मधेस प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टी र वागमती प्रदेशमा ताम्सालिङ लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेका छन् ।आज बाँकी रहेका सबै दलले बन्दसूची पेस गरिसक्नेछन् । बन्दसूची पेस गरिसकेपछि मिले नमिलेको जाँचबुँझ गर्ने कार्य असोज ४ गतेदेखि सुरु हुने छ ।आयोगका अनुसार त्यसपछि राजनीतिक दललाई एक साताको सयमावधी दिएर बन्दसूची मिलाउनका लागि सूचना जारी गरिनेछ ।
"
खबर बजार । ३ आश्विन २०७९, सोमबार १०:४०