भारतले भन्यो, “हाम्रो अडान नेपाल सरकारलाई बताइसकेका छौँ” (बक्तव्य सहित)

काठमाडौं । भारतले नेपालसँगको सीमा विवादबारे नेपाल सरकारलाई आफ्नो अडान प्रस्तुत गरिसकेको खुलेको छ । नेपालको सरकारीतर्फबाट सीमा विवादबारे कुनै प्रतिक्रिया नदिएको बेला नेपालस्थित भारतीय दूतावासले शनिबार प्रेस वक्तव्य जारी गर्दै यस्तो खुलासा गरेको हो ।

पहिला र अहिलेमा आफूहरुको अडानमा कुनै पनि तलमाथि नरहेको आफूहरुले नेपाल सरकारलाई जानकारी दिएको दुताबासको भनाई छ । अहिलेको विवादलाई लिएर अन्तर सरकारी संयन्त्रबीच संवाद भैरहेको र भारतले बाँकी सीमा समस्यालाई घनिष्ठ र मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धको आधारमा सम्बोधन गर्न सकिने समेत बताएको छ ।

यसै महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राज्य उत्तराखण्डको चुनावी र्‍यालीलाई सम्बोधन गर्दै नेपाली भूमि लिपुलेकमा सडक विस्तार भैरहेको र सन् २०२२ अन्त्यसम्म त्यहाँ पक्की सडक बनाउने तयारी भैरहेको जानकारी दिनुभएको थियो ।

मोदीको अभिव्यक्तिलाई लिएर खासगरी प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले विरोध जनाएका छन् । सरकारकै नेतृत्व गरिरहेको दल कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै मोदी अभिव्यक्तिको विरोध गरेका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले भारतसँग सम्बन्ध हार्दिक बनाउन चाहेको बेला दुई महामन्त्रीको विज्ञप्तिलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाबको रुपमा हेरिएको छ ।

पढ्नुहोस् बक्तव्यः

https://www.indembkathmandu.gov.in/news_detail/?newsid=482