
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन वैशाख १७ गतेदेखि शुरू हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन आह्वान गर्नुभएकाे हो ।
मन्त्रिपरिषद्काे सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते दिउँसाे २ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएकाे छ ।





खबर बजार । ९ बैशाख २०८३, बुधबार २०:१५