सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी हुनु भएको छ ।कूल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ पाउनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई ५ हजार ६७ मतान्तरले पराजित गर्नु भयो । एमालेका बीसीले २९ हजार ५५८ मत प्राप्त गर्नु भयो ।थानीले योसँगै तीन पटक संसदीय निर्वाचनमा जित जित्नु भएको छ ।थानी ०७४ मा नेकपा एमालेका नवराज रावतसँग पराजित हुनु भएको थियो । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।