काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार किरण पौडेलले आफूले कुनै उम्मेदवारलाई समर्थन नगर्ने प्रष्ट पार्नु भएको छ ।निर्वाचन प्रचारको अन्तिम समयमा आफूले राप्रपाका रवीन्द्र मिश्रलाई समर्थन गर्छ भनेर भ्रम फैलाइएको उहाँले बताउनु भयो ।‘रवीन्द्र मिश्रलाई समर्थन गर्छ भन्ने भ्रम फैलाउने काम भएको छ,’ बिहीबार पत्रकार सम्मेलन गरेर उहाँले भन्नुभयो, ‘म सदनमा छिरिसकेपछि रवीन्द्र मिश्रजीले सञ्चार नीति कस्तो बनाउने भनेर सहयोग गर्नुहोला । अहिले अरु केही छैन ।’एमाले र राप्रपाबीच केही स्थानमा तालमेल भएको भएपनि काठमाडौं १ मा कुनै सहमति नभएको भन्दै उहाँले यसबारे आफ्नै अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोध्न मिश्रलाई आग्रह गर्नु भयो ।
"
खबर बजार । १ मंसिर २०७९, बिहीबार १४:५०