कैलाली । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका गंगा चौधरीले २३१२० पाएर विजयी हुनु भएको छ । सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरी १७७४९ मा रोकिनु भयो ।
एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७०४७ मत ल्याउनु भएको छ ।
खबर बजार । ६ मंसिर २०७९, मंगलवार १३:२३