रुकुमपूर्व । रुकुम पूर्वबाट सत्तारुढ गठवन्धनवाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतान्तरले हराउदै घर्तीमगर विजयी हुनु भएको हो ।
नेकपा एमालेका उम्मेदवार मल्लले ५ हजार २२१ मत प्राप्त गर्नु भएको छ । लुम्बिनी प्रदेशका निवर्तमान सभामुख समेत रहनु भएका घर्तीको संघीय संसदमा भने यो पहिलो प्रवेश हो ।
खबर बजार । ७ मंसिर २०७९, बुधबार १५:१२