

काठमाडौं । चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी हुनु भएको छ ।
हालै सम्पन्न गतगणना अनुसार ३४ हजार १८९ मत ल्याउँदै ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।
उहांका निकटम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याउनु भयो । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याउनु भएको छ ।
पाण्डे नेकपा एमालेका उपाध्यक्षसमेत हुनुहुन्छ भने पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुनुहुन्छ ।

खबर बजार । ८ मंसिर २०७९, बिहीबार १६:२९