सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ ।

स्थानिय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक अपरान्ह ४ बजे बस्न लागेको हो ।

गठबन्धनको बैठकमा निर्वाचनलगायत समासामायिक राजनीतिक विषयमा छलफल हुनेछ ।

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भएपछि लामो समयदेखि गठबन्धनको बैठक बस्न सकेको थिएन ।