काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनको विषयमा कानूनविदहरुसँग परामर्श गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतासहित बसेको राजनीतिक संयन्त्रको बैठकले स्थानीय निर्वाचन कहिले गर्ने भन्नेबारे परामर्श गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गदै सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले संविधानले तोकेको व्यवस्था बमोजिम निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताउनुभयो ।
उहाँले निर्वाचनको लागि कानुनी परामर्श जरुरी रहेकोले त्यसपछि मात्रै मिति तोकिने बताउनुभयो ।
खबर बजार । ७ माघ २०७८, शुक्रबार १४:०३