

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) उपस्थित नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको भनिएको सर्वदलीय बैठक बस्न सकेन ।
यसअघि सत्ता गठबन्धनका केही नेता र प्रधानमन्त्रीकाे सचिवालयले शनिबार आज बैठक बस्ने बताएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित हुने भएपछि बैठक रोकिएको बुझिएको छ ।
यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो ।
सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गर्नुभएको थियो ।

खबर बजार । ८ माघ २०७८, शनिबार ०५:५२