सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन हुनु भएको छ । मंगलबार बसेको प्रदेश कमिटी बैठकले शर्मालाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । शर्मा रुकुमपश्चिम प्रदेश सभा (२)बाट निर्वाचित हुनुभएको हो ।
०४१ सालमा अनेरास्ववियू बाट राजनीतिमा प्रवेश गर्नु भएका शर्मा जनयुद्धताका साबिक कर्णालीका थुप्रै जिल्लाको नेतृत्व सम्हाल्नु भएको थियो । उहाँ पहिलो पटक संसदमा प्रवेश गर्नु भएको हो । शर्मा यसअघि माओवादी केन्द्रको प्रदेश अध्यक्ष हुनुहुन्थ्यो ।
शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख हुनुभएको थियो । भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्ष हुनु भएको थियो ।
साथै, शर्मा नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ ।
खबर बजार । १३ पुष २०७९, बुधबार १५:०५