

मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गर्नु भएको छ । हेटौँडामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँले प्रदेशको मुख्यमन्त्रीका रुपमा पदभार ग्रहण गर्नुभएको हो ।
यसैगरी एमालेका तर्फबाट मन्त्री बन्नु भएका जगन्नाथ थपलियाले पनि पदभार ग्रहण गर्नु भएको छ । राप्रपाका तर्फबाट मन्त्री बन्नु भएका विना विभागीय मन्त्री उद्धव थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार गह्रण गर्नुभयो ।
पदभार ग्रहण गरेलगतै जम्मकट्टेलले मन्त्रालयको सङ्ख्या घटाउन कार्यदल गठन गर्नु भएको छ । मन्त्रालयको सङ्ख्या धेरै रहेको र घटाउनका लागि कार्यदल गठन गर्ने निर्णय समेत गर्नुभयो । प्रमुख सचिवको नेतृत्वमा पाँच सदस्य कार्यदल गठन गर्नुभएको छ ।

खबर बजार । २६ पुष २०७९, मंगलवार ११:४६