सभामुख घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ

काठमाण्डौं । सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शुक्रवार बिहान राष्ट्रपति कार्यालय शीतल निवासका राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित घिमिरेलाई शपथ गराउनुभएको हो ।

यस्तै नवनिर्वाचित सभामुख घिमिरेले स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताउनुभएको छ । आज उहाँले विज्ञप्ति निकालेर सभामुख पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउनुभएको हो ।