काठमाण्डौ । समयमै काम नसकेर पटक–पटक विवादमा आएको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्शनका पूर्वसञ्चालक हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद तथा निर्माण व्यवसायी हरिनारायण रौनियारलाई पर्साको पोखरियामा भएको एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराउनुभएको हो । रौनियारसँगै अरू व्यक्ति पनि एमालेमा प्रवेश गरेका छन् ।
रौनियार २०७४ को चुनावमा पर्सा क्षेत्र नम्बर ३ बाट सांसद निर्वाचित हुनुभएको थियो । रौनियारले जसपा अध्यक्ष यादव एकलौटी गरेपछि एमालेमा प्रवेश गरेको बताउनुभयो ।
पप्पु कन्स्ट्रक्शनले ठाउँठाउँमा विकास निर्माणका काम अलपत्र पारेपछि सरकारले कम्पनीलाई कालोसूचीमा राखेको छ ।
खबर बजार । ५ मंसिर २०८०, मंगलवार १६:४९