नेपाल प्रहरीको आईजीपीमा बसन्त कुँवर नियुक्त

काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।

हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँनु हुदै छ । उहाँसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लागेका हुन् । सिंह गत बैशाखको तेस्रो साता आईजीपी बन्नु भएको थियो

उहाँ गत असारमा एसएसपीबाट पहिलो नम्बरमा डीआईजीमा बढुवा हुनुभएको थियो ।

सरकारले एआईजीमा बढुवा गर्दा वरियता हेरफेर नगरि कुँवरलाई पहिलो नम्बरमा राखेको थियो । त्यसअघि एसएसपीमा कुँवर १३ औँ नम्बरमा रहेनु भएको थियो ।

२०२६ चैत १५ गते जन्मिएका कुँवर २०५१ चैतमा प्रहरी निरिक्षकबाट सेवा प्रवेश गर्नुभएको हो ।