एमालेले झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने

काठमाडौं । नेकपा एमालेले बैशाख २८ गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटीको बैठक स्थल परिर्वतन गरेको छ ।

एमालेले झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने भएको हो ।

यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा काठमाडौंमा नै सारेको छ । संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्ने लगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिनुभयो ।

गत ४ मंसिरको आम चुनावपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटीको चुनावको समीक्षा र चुनावपछि सञ्चालित ग्रासरुट अभियान लगायतका विषयमा छलफल हुने बताइएको छ ।

केन्द्रीय कमिटी बैठकअघि सोमबार केन्द्रीय कार्यालय र मंगलबार सचिवालयको बैठक बोलाइएको छ ।