प्रधानमन्त्रीले कानुनविद्हरुसँग परामर्श गर्ने

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि आवश्यक परामर्शका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरुलाई बालुवाटार बोलाउनु भएको छ। थप रणनीति बनाउन प्रधानमन्त्री देउवाले कानुनविदहरुलाई बोलाउनु भएको हो। यसअघि बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक र संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको थियो । नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध विरोध सुरु भएको छ।