सङ्घीय सरकारका मन्त्रीहरुले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

काठमाण्डौ । सङ्घीय सरकारका सबै मन्त्रीहरुले एक महिनाको तलब भूकम्प पीडितलाई दिने भएका छन् । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सरकारी राहत कोषमार्फत् भूकम्पबाट पीडितहरूलाई उपलब्ध गराउने निर्णय गरेका हुन् । यो रकम राहत कोषमा जम्मा गर्ने र त्यहीँबाटै पीडितसम्म पुग्नेछ ।

गएको शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १ सय ५३ जनाको ज्यान गएको छ । ६२ हजार भन्दा धेरै घर भत्किएका छन् ।