

सुर्खेत । कर्णालीमा राष्ट्रिय सभा सदस्य चयनका लागि जारी मतदान सकिएको छ । कर्णालीका ७९ पालिकाका १ सय ५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना सांसदले मतदान गरेको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिनु भयो । मतदान सकिएसँगै दिउँसो ४ बजे पछि मतगणना सुरु हुनेछ ।
कर्णालीबाट राष्ट्रिय सभाका लागि रिक्त ३ पदका लागि दलित, महिला र अन्य पदका लागि ६ जना उम्मेदवार छन् । जसमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा माओवादीका विष्णु विक र एकीकृत समाजवादीकी सावित्री मल्ल छन् । यस्तै, एमालेबाट विमलाकुमारी शाही, डिल्लीप्रसाद भट्ट र हिक्मत विक उम्मेदवार रहेका छन् ।

खबर बजार । ११ माघ २०८०, बिहीबार १४:३४