

सुर्खेत । नेकपा (एमाले) सुर्खेत जिल्लाको फागुन ४ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशन तयारीका लागि गठित सम्पूर्ण समिति र उप समितिहरु समेत विघटन गरिएको छ ।
नेकपा (एमाले) जिल्ला अध्यक्ष अमृत वीसीले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलको आयोजना गरि फागुन ४ गतेदेखि ६ गतेसम्म हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको जानकारी दिनुभएको हो ।
अधिवेशन तयारीका लागि गठित सम्पूर्ण समिति र उप समितिहरु समेत विघटन भएको र उपयुक्त समयमा स्थगित अधिवेशनको मिति तोकिने अध्यक्ष विसीले जानकारी दिनुभएको छ । यो निर्णयलाई पार्टी शुद्धिकरणको अभियानको रुपमा बुझि दिन उहाँले आग्रह गर्नुभयो ।
नवौँ अधिवेशनको मिती फागुन ४ गतेदेखि घोषणा गरिएपनि एमालेभित्र पार्टी साझा तरिकाले नचलेको र गुटबन्दी झागिदै गएको अवस्थामा अधिवेशन गर्नुको कुनै औचित्य हुन नसक्ने भन्दै अध्यक्ष विसीले फागुन ४ गदेखि हुने भनिएको अधिवेशन स्थगित गरिएको बताउनुभयो ।
उहाले वक्तव्यमा भन्नुभएको छ, “पार्टीको ऐतिहासिक अभिभारा पुरा गर्ने क्रममा म स्वयं पार्टीको अध्यक्षको हैसियतले विभिन्न सकटहरुमा सहनसिलता, धैर्यता र पार्टी भित्रका असमतिलाई समेत आत्मसाथ गर्दै जिम्मेवार बनि नेकपा एमालेलाई जनताको पार्टी बनाउन हरदम लागिरहेको तथ्य इतिहासले समिक्षा गर्ने छ । हाल पार्टी कमिटी भित्र संस्थागत गुटबन्दी भाङ्गीएको स्थानीय पार्टी कमिटी संस्थागत सन्चालन नभएका, जनवर्गिय संगठनहरु प्रभावकारी नभएको अवस्था छ, यि विषय वस्तुलाइ ठोस ढंगले सम्बोधनका लागि आगामी दिनमा कार्य योजना बनाई अघि जानुको विकल्प छैन ।”
आठौं जिल्ल अधिवेशनपछि आन्तरिक प्रतिस्पर्धालाई व्ययवस्थित तथा वैज्ञानिक तवरले संचालन गर्न नसकिएको बताउँदै उहाँले गुटबन्दी गरेर नेतृत्वलाई असफल बनाउने प्रयास भएको समेत उहाँले उल्लेख गर्नुभएको छ ।
“नविकरणको समय हुदाहुदै दुरदराजका पार्टी सदस्यहरु नविकरणबाट बन्चित भएको अवस्था रह्यो, पार्टीभित्र गुटबन्दी भयो, पार्टी निर्णय कार्यान्वयनमा समस्या सिर्जना हुदै आए, पार्टी संस्था नै पहिचान हिन हुने अवस्था बनाईयो,” अध्यक्ष विसीले वक्तव्यमा भन्नुभएको छ, केहि व्यक्तिको ईसारामा पार्टीलाई नचाउने प्रयत्नहरु भको भन्दै उहाँले पाटी जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरि सदस्यहरु लाई बन्धक बनायर निर्णय गर्न थालिएपछि पार्टीको आन्तरिक समस्या हल गरेर मात्रै जिल्ला अधिवेशन गरिने उहाँले बताउनुभएको छ ।
केहि जिम्मेवारीमा रहेका नेता हरुले नै चरम अराजकता प्रदर्शन गर्नेक्रम बढ्दै गएको भन्दै प्रथम कर्णाली अधिवेशन पछि सुर्खेतको पार्टी संगठनमा देखिएको असहजता झुलाघाट चिवाभन्ज्याङ्ग, समृद्दिको सङ्कल्प यात्रा अभियान अन्तरगत सुर्खेतमा हुने आमसभाको तयारी बैठक बहिस्कार गरिनु हरेक जिल्ला सचिवालय बैठकमा बैठकको मर्यादा उलंघन गर्दै प्रस्तुत हुनु जस्ता समस्याहरुको ठोस निराकरण नगरि गरिएको अधिवेशनले सार्थकता प्राप्त नगर्ने र सुर्खेतको पार्टी निर्माण पनि नहुने भएकोले यी समस्याहरुको घनिभूत छलफल गरिसमाधानपछि अधिवेशन गर्दा उपयुक्त हुने पार्टी नेतृत्वले ठहर गरेको उहाँको भनाई छ ।
पार्टी केन्द्रले जिल्ला अधिवेशनको समय सिमा आगामी २०८१ जेठ सम्म तोकेकाले पनि पार्टीभित्र रहेका विभिन्न समस्याको हल गरेर मात्रै अधिवेशनको मिति तय गरिने उहाँले बताउनुभएको छ ।
यता, अधिवेशन स्थगितको विषयमा आफुहरुलाई कुनै जानकारी नभएको जिल्ला पदाधीकारीहरुले प्रतिक्रिया दिएका छन् ।
एमाले जिल्ला सचिव कविन्द्र कुमार केसीले आफुलाई माघ १९ गतेको लागि बैठक बोलाउन लगाइएको भन्दै त्यस बाहेक अरु कुनै जानकारी नरहेको प्रतिक्रिया दिनुभयो ।
“अध्यक्ष ज्युले मलाई माघ १९ गतेको लागि जिल्ला कमिटीको बैठक बोलाउन भन्नुभएको थियो त्यही अनुसार मैले बैठक बोलाएँ, नवौँ अधिवेशन फागुन ४ गतेदेखि भन्ने छ, स्थगित भएको मलाई थाहा छैन्”, सचिव केसीले भन्नुभयो ।

खबर बजार । १७ माघ २०८०, बुधबार १९:०४