हरेक दिन कर्णाली प्रदेशको राजधानीमा चर्चित कलाकारसंँग प्रत्यक्ष रुपमा रमाइलो गर्न सकिन्छ । आधुनिकता बढे संगै मानिसहरुमा इच्छा र आकांक्षा बढ्दै गइरहेको छ । दिनभरको कामको थकानलाई साँझ पुराना अनि नयाँ सदाबहार संगीतको साथमा मिठा मिठा परिकार खादै मज्जा लिन सकिन्छ ।
कर्णालीका गोरेटो अनि घोरेटोमा उकाली ओराली गर्दै हुर्किएका कलाकार तथा खेलाडी हरि बिष्ट र पत्रकारीतामा राम्रो स्थान बनाएकी ज्योती कटुवालको ३ करोड ८९ लाखको लगानीमा हालै संचालनमा आएको ‘गोरेटो’ नाम गरेको फ्यामेली रेष्ट्रो एण्ड म्युजीक बारमा यो सुविधा रहेको छ । जहाँ ५ बजे देखी राती साढे १२ बजेसम्म पुराना तथा नयाँ सदाबहार संगीतहरु प्रत्यक्ष रुपमा सुनेर पारिवारिक रमाइलो गर्न पाइन्छ ।
गोरेटोमा इन्डियन, चाइनिज, तन्दुर, कन्टिनेन्टल र सम्पुर्ण नेपाली परिकारहरु खान पाइन्छ । गोरेटोको विशेष परिकारका रुपमा परिचित छ ‘गोरेटो सप्र्राइज’ ।
गारेटो रेष्टुरेन्ट भन्ने बित्तिकै परिवारको साथमा पुरै सुरक्षीत वातावरणमा रमाइलो गर्ने स्थान भन्ने परिचय दिन खोजेको सन्चालक हरि बिष्टको भनाई छ । ‘यहाँ असुरक्षा भन्ने केहि छैन’, उनले भने, ‘हामीले यहाँ आउने हरेकलाई आफ्नो परिवार जस्तै सेक्युरीटी दिन्छौ त्यसका लागी २ जना बाउन्सर र २ जना सेक्युरीटी गार्ड राखेका छौ’ ।
नेपालका अन्य जिल्लाका तुलनामा कर्णाली प्रदेश र कर्णालीका जिल्लाहरु पछाडि पारिएका भन्ने सोचलाई परिवर्तन गर्नका लागी सुर्खेतमा लाइभ म्युजिकका साथमा रेष्टुरेन्ट चलाएर कर्णालीको विकासमा टेवा पुराउने लक्ष्य आफुले लिएको सन्चालक बिष्टले बताए । उनले यसै मार्फत ३८ जनालाई रोजगारी पनि दिएका छन् । पुर्खा देखिको सँस्कृति जगेर्ना गर्ने र लाइभ सुन्दा कसैलाई पनि असर गर्ने, झुक्केर पनि नराम्रो शब्द सुन्न नपर्ने वातावरण मिलाएको पनि उनले जानकारी दिए । हरेक शुक्रबार र शनिवार कलाकारिताको क्षेत्रमा उत्कृष्ट कलाकारहरुको प्रस्तुती रहन्छ जुन हेर्न जादा पैसा नलाग्ने पनि विष्टको भनाई छ ।
दिनभरी काम गर्ने अनि साँझ खाना खाएर सुतिहाल्ने हाम्रो दैनिकिलाई परिवर्तन गर्ने उद्धेश्य लिएर आफुले साँझ परिवार संग रमाइलो गर्ने वातावरण सृजना गर्न खोजेको पनि उनले जानकारी दिए । विकसित शहरहरुमा दिनभरी काम गर्ने र राती भएपछि परिवार संग घुम्ने, रमाइलो गर्ने परिपाटि अझै हाम्रो प्रदेशमा नबसेकाले यसलाई विकास गर्नका लागी गोरेटो खोलिएको हो । ” ‘गोरेटो सप्र्राइज’””
चिकेन, पनिर, प्राउन चिप्स, पिनट, क्याविनट, ससेज, भेजिटेबल र यसमा चाहिने मसलाहरु सबै राखेर बन्ने कम्बो प्याकनै गोरेटो सप्र्राइज हो । यो निकै स्वादिष्ट हुन्छ । गोरेटो फ्यामेली रेष्ट्रो एण्ड म्युजीक बारमा आउने हरेकको रोजाईमा गोरेटो सप्र्राइज पर्ने गरेको छ ।
‘३३ वर्षिय प्रेमको १८ वर्षे सेफको अनुभव’
बाँकेका प्रेम वि.सी. १२ वर्षको उमेरमा भारत पुगे । होटेल लाइनमा काम गर्दै जादाँ उनी अहिले सेफ बनेका छन् । अहिले उनी ३३ वर्षका भए तर उनले होटेल लाइनमा १८ वर्ष विताइसकेका छन् । भारतमा ६ वर्ष होटेलमा काम गरेका प्रेमले नेपालगन्जको सिद्धार्थ ग्रुपमा २ वर्ष, कोहलपुरको सेन्ट्रल प्लाजामा १ वर्ष र पप लाइफमा डेढ वर्ष, विराटनगरको रत्ना होटेलमा २ वर्ष, धनकुटाकोे एक होटेलमा २ वर्ष, नेचर होटेलमा एक वर्ष र काठमाडौंको एक होटेलमा १ वर्ष काम गरेको अनुभव बटुली सकेका छन् । उनलाई विशेष गरी इन्डियन परिकारमा रुची छ र उनी निकै स्वादिष्ट इन्डियन परिकार तयार पार्छन तर उनी अल राउण्डर काम गर्दै आएका छन् । उनलाई सबै परिकार पकाउन आउछ र उनी नयाँ परिकार तयार पार्न निकै रुची राख्ने गरेका छन् ।
"
सृजना बुढाथोकी । १८ श्रावण २०७९, बुधबार १२:३०