कांग्रेसद्वारा सबै प्रदेश सभापति, दल नेता र मुख्यमन्त्रीको संयुक्त बैठक आह्वान 

काठमाडौं । नेपाली कांग्रेसले सात वटै प्रदेशका सभापति, पार्टीका तर्फबाट बनेका मुख्यमन्त्री र संसदीय दलका नेताको संयुक्त बैठक आह्वान गरेको छ ।

बैठक वैशाख ६ गते बस्नेगरी बोलाइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताउनुभयो  । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी केन्द्रसँगको समन्वयलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी दिएको थियो ।

प्रदेश सभापति र मुख्यमन्त्रीसँगको छलफलमा पार्टीका शीर्ष नेताहरू सामेल हुनेछ ।

गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टी केन्द्रसँग कुनै समन्वय नै नगरी मन्त्रिपरिषद् हेरफेर गरेको विषयमा पनि नेताहरूले चासो राखेका छन् ।