

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवानहरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले एकैचोटि ७ हजार ३ सय ४४ प्रहरी जवानहरुको सरुवा गरेको हो ।
उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खबर बजार । २६ माघ २०७८, बुधबार १२:५८