सुर्खेत । प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) सुर्खेतकाे अध्यक्षमा नारायणनाथ योगी चयन हुनुभएको छ ।
मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चौथो जिल्ला अधिवेशनले योगीको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रत्नबहादुर भण्डारी, सचिवमा मोतीराम शर्मा र निरादेवी म्याङ्मु तथा कोषाध्यक्षमा जागेश्वर नेपाललाई चयन गरिएको छ ।
यसैगरी समितिको सदस्यहरूमा केशव विक्रम खड्का, खगेन्द्र खनाल, डम्बर बहादुर थापा, झक्कल बहादुर थापा, राजेन्द्र भारती, वीरेन्द्रकुमार थापा, कमलराज लम्साल र डम्बर सिंजाली रहनुभएको छ ।
कार्यक्रम समितिका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमालको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही, पूर्व सहन्यायाधिवक्ता धर्मानन्द नाथ, नन्दबहादुर भण्डारी, रामबहादुर बिसीलगायतको उपस्थिति थियो ।
खबर बजार । ३ फाल्गुन २०७८, मंगलवार १८:२४