सुर्खेत । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च, मानव अधिकार एलाइन्स नेपाल सुर्खेतमा भुपेन्द्र प्रसाद कँडेलको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।
एलाइन्सको वीरेन्द्रनगरमा भएको पाँचौ जिल्ला अधिवेशनबाट कंडेलको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा सपना परियार, सचिवमा रेशम चन्द, कोषाध्यक्षमा निशा पौडेल र सहसचिवमा शहबीर सुनार रहेका छन् । यस्तै सदस्यहरुमा चिन्तामणि शर्मा, चम्पा बि.क., उमाशंकर आचार्य र विन्दुलाल रेग्मी चयन भएका छन् ।
जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटाले मौलिक हकमा सुनिश्चित गरिएका नागरिकका अधिकार कार्यान्वयनका लागि एलाइन्सले पैरवी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले सुर्खेतका सचिवालय सदस्य एवं सामाजिक विभाग प्रमुख पूर्ण प्रसाद पौडेलले मानव अधिकार संरक्षण एवं पवद्र्धनमा एलाइन्सले विगतमा नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
एलाइन्सका केन्द्रीय उपाध्यक्ष सुरेश कुमार गौतमले मानव अधिकारको उलंघनका घटना अझै पनि नरोकिएको भन्दै त्यस बिरुद्ध एलाइन्स सक्रिय भएर लाग्ने बताउनुभयो ।
कार्यक्रममा एलाइन्सका केन्द्रीय सदस्य झक्क प्रसाद शर्मा, मान बहादुर रोकाय, सल्लाहकार टिकाराम आचार्य, वीरेन्द्रनगर वडा नं. २ का अध्यक्ष बलबहादुर रोकाय, नेकपा एमाले वीरेन्द्रनगरका सचिव मधुरानी ढकाल, गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज घनश्याम केसी, बुद्धिजीवी परिषद्का सल्लाहकार नविन कुमार शाही लगायतको उपस्थिति थियो ।
खबर बजार । ८ फाल्गुन २०७८, आईतवार २१:०६