

दैलेख । प्रहरीले दैलेखका विभिन्न स्थानबाट बरामद गरिएको घरेलु मदिरा नष्ट गरेको छ ।
नारायण नगरपालिका, भैरवी गाँउपालिका, गुराँस गाँउपालिकालगायतका बिभिन्न ठाँउबाट बरामद गरिएको पाँच हजार ४ सय ८० लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
विशेष सुराकीको आधारमा मदिरा बरामद गरिएको र सो मदिरा सरोकारवालाको रोहबरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अनुसार तयारी अवस्थाको एक हजार १ सय २० र कच्चा पदार्थका रुपमा रहेको ३ सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो ।

खबर बजार । १५ फाल्गुन २०७८, आईतवार १२:०४