सुर्खेत । सुर्खेतमा प्रहरीको कुटाईबाट एक युवाकाे मृत्यु भएकाे भन्दै मृतकका आफन्तले आन्दोलन चर्काएका छन् ।
अहिले ठूला संख्यामा आफन्तहरु वीरेन्द्रनगरका सडकमा आन्दोलित भएका छन् । उनीहरूले प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् भने, भौतिक संरचनामा आन्दोलनकारीले तोडफोड गरेका छन् ।
बाँकेबाट सुर्खेत तर्फ भित्रँदै गरेका कालिकोटको तिलागुफा नगरपालिकाका ३४ वर्षीय कृष्ण हमालको प्रहरी कुटाईबाट मृत्यु भएको दाबी गरिएको छ ।
शुक्रबार राती भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुना प्रहरीले कुटपिट गरि गम्भिर घाइते बनाएको मृतकका अंकल कलमबहादुर हमालले दाबी गर्नुभयो ।गाडीको स्टाफलाई पनि दुई जना प्रहरीले कुटपिट गरेका उहाँको भनाई छ ।
हमाललाई उपचारकाे लागि आज विहान सुर्खेत अस्पताल ल्याएपनि अस्पताल नपुर्याउँदै हमालकाे मृत्यु भइसकेकाे अस्पतालले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।
के कति कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको सुर्खेत प्रहरीका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
खबर बजार । २१ फाल्गुन २०७८, शनिबार १८:१७