प्रहरी इन्चार्जविरुद्ध किटानी जाहेरी दिने तयारी, प्रदर्शन रोकियो

सुर्खेत । प्रहरीको कुटाइबाट मृत्यु भएका भनिएका कालीकोटका एक युवकका आफन्तले प्रहरी चाैकी सुब्बाकुनाका प्रहरी इन्चार्ज एवं प्रहरी नायव निरीक्षक शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता गर्ने तयारी गरेका छन् ।

फाइल तस्बिर

तिलागुफा नगरपालिका-३ कालिकोटका २५ वर्षीय मृतक कृष्ण हमालका आफन्तले प्रहरीकाे कुटाइबाट नै हमालको मृत्यु भएकाे आराेप लगाई धामी विरुद्ध किटानी दिन लागिएकाे बताएका छन् ।

हमालका आमा पद्मा हमालले छाेरासँगै आएका चालकसहित कृष्णलाई कुटेकाले धामी विरुद्ध किटानी जाहेरी दर्ता गर्न लागेकाे जानकारी दिनुभएको छ । उहाँले प्रहरीको लापरवाहीले नै छाेराकाे मृत्यु भएको दावी गर्नुभयो ।

सुब्बाकुनामा नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका हमाल सवार ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिटपछि मृत्यु भएको परिवारले बताउँदै आएका छन् ।

छानविन समिति गठन गरिसकेकाले आन्दाेलन नगर्न प्रशासनले आग्रह गरेकोले माैखिम सहमतिमा हाल प्रदर्शन भने राेकिएकाे छ ।

शुक्रबार राती भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुना प्रहरीले कुटपिट गरि गम्भिर घाइते बनाएको मृतकका आफन्तको दाबी छ ।