

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १९ केजी ९ सय ग्राम सुन बरामद भएको छ ।
विमानस्थल भन्सार कार्यालयका अनुसार १९ केजी ९ सय ग्राम सुनसहित एक विदेशी नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सुडानी नागरिक करिब ३२ वर्षका एक पुरुष रहेका छन् । एकै व्यक्तिले ठूलो मात्रामा सुन ल्याएको यो पहिलो पटक भएको भन्सार कार्यालयको दाबी छ ।
उनले ल्याएको झोलाबाट १९ केजी ९ सय ग्राम सुन बरामद गरिएको हो । अहिले बरामदको पक्रिया चलिरहेको भन्सार कार्यालयले जनाएको छ । उनी केहीबेर अघि फ्लाइ दुबइको विमानबाट विमानस्थलमा अवतरण गरेका थिए ।
बरामदी पक्रिया सकिएपछि उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाइने छ ।

खबर बजार । ८ पुष २०७९, शुक्रबार १७:२०