काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम भएसँगै शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ ।
कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग छलफल गरेको छ ।
प्राप्त सुझावका आधारमा आगामी भोलि आइतबार शिक्षा राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सिसिएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ ।
खबर बजार । २२ माघ २०७८, शनिबार ०६:४३