काठमाडौं । आज बुधबारदेखि फेरि देशका धेरै ठाउँमा वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार फेरि पनि नेपालमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने सम्भावना छ ।
बुधबार कर्णाली, सदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी पर्ने छ ।
विभागकाअनुसार प्रदेश १ का केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ ।
पश्चिमी वायुको प्रभाव घटेर वर्षा रोकिएमा यसपछि विस्तारै गर्मी सुरु हुने छ ।
खबर बजार । २६ माघ २०७८, बुधबार ०८:१८