सुर्खेत । इंग्ल्यान्ड आईसीसी महिला विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डको क्राइसचर्चमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रीकालाई १ सय ३७ रनले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको हो ।
अब इंग्ल्यान्डले उपाधिका लागि अष्ट्रेलियाको सामना गर्नेछ । अष्ट्रेलिया वेस्ट इन्डिजमाथि १ सय ५७ रनको जित निकाल्दै फाइनल पुगिसकेको छ । इंग्ल्यान्डले दिएको २ सय ९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ३८ ओभरमा अलआउट हुँदै १ सय ५६ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रीकाका लागि मिग्नोन डु प्रेजले ३० रन जोड्दा लारा गुडालले २९ रन जोड्नुभयो । यस्तै कप्तान सुन लूस, मारिजन्नी काप्प र त्रिशा चेट्टीले समान २१र२१ रन बनाउनुयभयो ।
इंग्ल्यान्डकी सोफी एक्लैले ६ विकेट लिनुभयो भने अन्या श्रुब्सोलले २ विकेट झार्नुभयो । यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९३ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि डानी निकोलले १ सय २९ रनको शतकीय इनिङ खेल्नुभयो । सोफिया डुन्कलेले ६० रन जोड्दा एमी जोन्सले २८ रन बनाउदा सोफी एक्सलस्टोनले २४ रन बनाउनुभयो । दक्षिण अफ्रीकाकी सब्निम इस्माइलले ३ तथा मारिजन्नी काप्प र मासाबाटा क्लासले २र२ विकेट लिन्भयो ।
खबर बजार । १७ चैत्र २०७८, बिहीबार १३:४९