काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि ’बी’ र ’सी’ डिभिजनका क्लबको प्रतिनिधि छनोट शुक्रबार हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले ’बी’ र ’सी’ डिभिजनको प्रतिनिधि छनोट शुक्रबार हुने जानकारी गराए ।
एन्फा विधान र निर्देशिका विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि गत बिहीबार तय भएको निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।
एन्फाको निर्वाचन निर्देशिकामा कार्यकारी समिति, महासचिव, प्रमुख कार्यकारी अधिकृत, कोषाध्यक्ष, सहायक महासचिव, सहायक सिईयो, सह कोषाध्यक्ष, मानार्थ अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुले साधारण सभामा भाग लिने पाउने तर उनीहरुलाई मतदानको अधिकार नहुने उल्लेख छ ।
खबर बजार । ३० चैत्र २०७८, बुधबार १२:०७