बार्सिलोना घरमै पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।


आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १–० गोल अन्तरले पराजित भएको हो । भालेकानोलाई जित दिलाउन अल्भारो गार्सियाले निर्णायक गोल गरे ।

उनले खेलको सातौं मिनेटमा गोल गरेका थिए । बार्सिलोनाको यो घरेलु मैदानमा सिजनको तेस्रो हार हो ।बार्सिलोनाले पहिलो पटक एकै सिजन घरेलु मैदानमा तीन हार व्यहोरेको हो । यस हारसँगै बार्सिलोनाले ३३ खेलमा ६३ अंक जोडेको छ ।
बार्सिलोना तेस्रो स्थानमा रहेको छ । भालेकानो ४० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।