
काठमाण्डौ । सुनचाँदीकोे भाउ आज घटेको छ । हिजो आइतबार तोलाको एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर एक लाख १८ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले घटेर एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार चार सय रुपैयाँ रहेको थियो ।




खबर बजार । १४ फाल्गुन २०८०, सोमबार १२:३३