मौसममा आजदेखि सुधार हुने 

काडमाडौं । आज दिउँसो देशका धेरै ठाउँमा मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ ।

कोशी र मधेश प्रदेशका साथै हिमाली र पहाडी भागका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना कायमै छ ।

तर हिजो र गएरातिको जस्तो हावाहुरी र वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । दिउँसोपछि मौसममा क्रमिक सुधार हुने अनुमान छ ।

अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ।