अझै कहिले सम्म हुन्छ मौसम यस्तो ? पढ्नुहोस्…

सुर्खेत । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका विभिन्न ठाउँमा आज बिहानै देखि वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार एक, दुई ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ सहित ठूलो वर्षाको सम्भावना छ ।

अरु प्रदेशका केही ठाउँमा पनि हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा अरु प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान छ ।

मौसमविदहरुकाअनुसार अझै केही दिन पानी पर्नेछ । पर्सि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

ठूलो पानी पर्ने क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन तथा चट्याङ्ग र हावाहुरीबाट जोगिन सुरक्षित ठाउँमा बस्न महाशाखाले आग्रह गरेको छ ।