
काठमाडाैं । हाल नेपालमा पश्चिमी-स्थानीय वायू र नेपाल नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

बिहान कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। बागमती, गण्डकी र कोशी प्रदेशको केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमकाे वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, शुक्रबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, शुक्रबार रातीः कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ ।




खबर बजार । १ जेष्ठ २०८३, शुक्रबार ०६:२८